अर्घाखाँची अस्पताल बन्यो लुम्बिनी प्रदेशकै पहिलो | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

अर्घाखाँची अस्पताल बन्यो लुम्बिनी प्रदेशकै पहिलो

अर्घाखाँची, ७ चैत। अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशको पहिलो स्थानमा पर्न सफल भएको छ भने देशकै तेस्रो स्थानमा परेको छ । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकन तथा समीक्षा आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंक सहित लुम्बिनी प्रदेशमा प्रथम स्थान र देशभरिमा तेस्रो स्थानमा परेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।

कुल ९ सय ३९ पुर्णाङ्क रहेको मुल्यांकनमा विभिन्न विषयमा गरी ७५ प्रतिशत अंकसहित अर्घाखाँची अस्पताल प्रथम भएको हो । यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको हो । अस्पतालमा अहिले स्थापना भएको ३१ वर्षपछि चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु भएको छ ।

जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पतालमै स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले चौबिसै घन्टा ल्याब, एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरु सुरु गरिएको अस्पतालका प्रमुख गौतमको भनाई छ ।

अव विरामीहरुलाई रातीको समयमा महंगो शुल्क तिरेर बाहिरी निजी मेडिकल धाउनुपर्ने बाध्यता हटेको छ । ब्लड बैंकको अभावले सामान्य अप्रेशन समेत नहुने जिल्ला अस्पताल अर्घाखाँचीमा गर्भवती महिलाहरुको सफल अप्रेशन भएको छ ।

अप्रेशन गर्न सुरु भएपछि अर्घाखाँची सहित गुल्मी र प्युठान जिल्लाका स्थानीय खुशी भएका छन् । डाक्टर गौतमले आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

अस्पतालको विकासमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सकसहित स्टाफ नर्सलगायत विभिन्न युनिटमा कार्यरत १५ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान समेत गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);