’बी’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा सातदोबाटो युथ क्लबको जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

’बी’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा सातदोबाटो युथ क्लबको जित

काठमाडौं, २७ फागुन । दुई खेल अघि नै विजेता बनेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा जित निकालेको छ । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गर्दै ’ए’ डिभिजन लिगमा उक्लिएको छ । सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो ।

च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । खुमलटारले २५ अंक जोडेर दोस्रो स्थानमा रह्यो । बिहीबार नै मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितपछि मध्यपुरले ११ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);