अमेरिकाले चिनलाई घातक मिसाईल भण्डारणका लागि भुमिगत संरचना तयार गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

अमेरिकाले चिनलाई घातक मिसाईल भण्डारणका लागि भुमिगत संरचना तयार गरेको आरोप

america

एजेन्सी, १८ फागुन । अमेरिकाले चिनलाई घातक मिसाईल भण्डारणका लागि भुमिगत संरचना तयार गरेको आरोप लगाएको छ । अमेरिकाले, स्याटेलाइट तस्वीरहरु सार्वजनिक गर्दै चीनले मिसाईल भण्डारणका लागि १६ वटा नयाँ भुमिगत संरचना निर्माण गरिरहेको बताएको छ ।

यसैगरि ‘फेडरेशन अफ अमेरिकन साइंटिस्ट’सँग आबद्ध हैन्स क्रिस्टेनसनले, चीन भुमिगत मिसाईलका सहयोगले नयाँ परमाणु मिसाइल प्रक्षेपण क्षमता विकसित गर्ने तयारीमा रहेको हुनसक्ने भन्दै आफुमाथी हुने कुनैपनि प्रकारका परमाणु हमलाको जवाफमा प्रत्याक्रमणका लागि चीनले तयारी गरिरहेको बताएका छन् ।

अमेरिकाले आफुले निर्माण गरेका नयाँ परमाणु हतियारका भण्डार निर्माणमा भएको सयौं अरब डलर खर्चलाई न्यायोचित सिद्ध गर्न चीनले शुरु गरेको परमाणु आधुनिकीकरणलाई दोष दिंदै आएको छ ।

यद्यपि यि दुबै देशबिच तत्कालै कुनै झडप नै भई हाल्ने अबस्था भने देखिएको छैन । तर, ब्यापार राष्ट्रिय सुरक्षा लगायतका बिषयमा चिन र अमेरिका बिच तनाव बढ्दै गएका बेला हेन्स क्रिस्टेनसनले चिनको परमाणु अभियान सम्बन्धि रिपोर्ट सार्वजनिक गरेका हुन् ।

Leave a Reply