एजेन्सी, २१ असोज । भारतले आफुमाथि कुनै किसिमको परमाणु हमला गरे पाकिस्तान चुप लागेर नबस्ने चेतावनी दिएको छ ।
अमेरिकाको वासिंटनमा आयोजित एक कार्यक्रममा बोल्दै भारतले सर्जिकल स्ट्राइक वा परमाणु केन्द्रमाथि आत्रमण गरे पाकिस्तानले समेत प्रतिकार गर्ने पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले चेतावनी दिएका हुन् ।
भारतले आक्रमण गरेको खण्डमा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न सुझाव पनि दिएका छन् ।
भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन्।
अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन्।