नेकपामा कहाँ पुगेर टुंगिएला ‘वामदेव यात्रा’ ? | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेकपामा कहाँ पुगेर टुंगिएला ‘वामदेव यात्रा’ ?

काठमाडौं, १८ माघ । २०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएपछि तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतम रन्थनिदै काठमाडौं फर्कनुभयो । गौतम नेपालगन्जबाट प्लेन चढेर त्रिभुवन विमानस्थलमा उत्रिनुभयो। उत्रिएपछि उहाँ. सिधै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुग्नुभयो र निकैबेर आफुले चुनाव हारेको गुनासो गर्नुभयो। गौतमले तत्कालीन माओवादी केन्द्र र प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताहरुले असहयोग गरेर आफूले चुनाव हारेको गुनासो गर्नुभयो।

गौतमले आफ्नो पार्टीका अध्यक्ष ओलीसंग पहिला गुनासो गर्नुपर्ने थियो। त्यसो नगरी सिधै प्रचण्ड संग गुनासो गर्नुभयो। यसलाई त्यसबेला देखिनै गौतम र प्रचण्डको हिमचिमका रुपमा लिने गरियो।

संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादी पार्टी सबैभन्दा ठुलो दल बन्नपुग्यो। गौतमले त्यसबेला वामपन्थिहरुले ६२ प्रतिसत मत ल्याएको भन्दा ओलीले त्यसलाई ठाडै चुनौती दिनभएको थियो। उहाँले माआवादी र एमालेलाई मान्छे र वनमान्छे एउटै नहुने भन्दै तुलना गर्नुभएको थियो।

माधव नेपाल नेतृत्वमा बनेको सरकारविरुद्ध तत्कालीन माओवादीले लामो आन्दोलन गर्यो। गौतमको नेतृत्वमा ५१ नेताहरुले बिज्ञप्ति निकाले र नेपालको राजीनामा माग गरेका थिए। त्यसले तत्कालीन माओवादीलाई आन्दोलनमा ठुलो राहत मिलेको महसुस गरिएको थियो।

अहिले गौतमको नेतृत्वमा पार्टी एकीकरण अभियान संचालन भएको छ। नेकपा एक नभए सम्म आफूहरु कतै नालग्ने गौतमले घोषणा गर्नुभएको छ। तर दाहाल – नृेपाल पक्षका बिभिन्न भेलामा गौतमसंग एकीकरण अभियानमा लागेका कार्यकर्ताहरुको सहभागिता बाक्लो भेटिने गरेको छ। गौतमले दुई नेकपा भएको अवस्थामा चुनाव भयो भने दुबै पक्षका राम्रा उम्मेदवारलाई भोट हाल्ने घोषणा गर्नुभएको छ। यो कति ब्यबहारिक हुन्छ त्यो समयले बताउने छ।

नेपालको राजनीतिमा गौतम स्थिर पात्र मानिनु हुन्न। उहाँंको परिचय अस्थिरता हो। उहाँकै नेतृत्वमा ०५४ सालमा एमाले बिभाजन भएको थियो। चुनावमा देशभरीबाट शुन्य सिट ल्याएपछि गौतमले एमालेमा माले मिसाउनु भयो।

त्यसैले अहिले पनि उहाँका भनाई र गराईमा कति मेल खान्छ यसै भन्न सकिन्न। अहिलेको एकीकरण अभियान कता पुगेर टुंगिने हो? यसै भन्न सकिन्न। दाहाल–नेपाल पक्षमा गएर ‘गौतम यात्रा’ टुंगियो भने यसलाई अचम्म मान्नुपर्ने छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);