प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राप्ती नदीको पुल उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राप्ती नदीको पुल उद्घाटन

काठमाडाैं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्नुभएको छ । सोमबार दाङको राप्ती क्षेत्रमा रहेको उक्त पुलको प्रधानमन्त्रीले उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको यो पुलको २०७३ मंसिर २२ गते शिलान्यास भएको थियो ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८ सय ६० मिटर रहेको छ । यसको चौडाइ साढे १० मिटर छ । उक्त पुल करिब एक अर्बको लागतमा निर्माण गरिएका हो ।

पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको हो । पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो । राप्ती नदीमा पुल नहुदाँ स्थानीय नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए ।

ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्नु पर्ने बाध्यता थियो । त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय नलाग्ने बताईएको छ ।

बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);