काठमाडौँ, ३ माघ । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना विरुद्दको खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउनु भएको छ ।
मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्र्तराष्ट्रिय दातृ निकायहरुले सहयोग गर्नसक्ने व्यवस्था गरेको बताउनु भएको हो । उहाँले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल नगर्ने पनि स्पष्ट पार्नुभयो ।
सबै नेपालीलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने उहाँको भनाई छ ।शनिबार ललितपुरमा एक कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास पनि व्यक्त गर्नुभयो ।