सुबास चौलागाई, भक्तपुर, २ माघ । भक्तपुरको सुर्यबिनायक नगरपालिका पलाँसेमा एक व्यक्ति मृत फेला परेका छन् । गणेश बाल विकास स्कुल मा सुरक्षागार्डका रुपमा कार्यरत सुरक्षा गार्ड ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सिन्धुपाल्चोक पाँचपोखरी घर भएका श्रेष्ठ सुर्यबिनायक नगरपालिका–९ स्थित महत गाउँमा बस्दै आएका थिए । उनी दिउँसो ज्याला मजदुरी र राति स्कुलमा काम गर्थे ।
गणेश बाल स्कुल नजिकै खोल्सामा फेला परेको उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा पठाइएको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताउनुभयो ।