अविश्वासको प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

अविश्वासको प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

विराटनगर, १२ पुष । नेकपा भित्र उत्पन्न राजनीति अस्थिरताको सिकार भएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेशसभामा आफु विरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनुभएको छ ।

उहाँले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने दावी गर्नुभयो ।

‘प्रदेश सरकार असक्षम भएर नभई सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको हुनाले यसको सामना म आरामले गर्ने छु ’ राईले भन्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);