जिल्ला प्रशासन कार्यालय र कारागार आईसोलेसन ब्लक उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय र कारागार आईसोलेसन ब्लक उद्घाटन

सिरहा, २० मंसिर । जिल्ला प्रशासन कार्यालय सिरहा र कारागार आइसोलेसन ब्लक भवनको शनिबार उद्घाटन भएको छ । कुल ६ करोड १७ लाख ६७ हजार ७९४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाको भवन ६ पटक म्याद थप गरेपछि २०७७ असारमा सम्पन्न भएको छ ।

भवनको उद्घाटन गुर्नभएका गृहसचिव महेश्वर न्यौपानेले सुशासन कायम राख्न सुरक्षा निकायबाट काम हुनुपर्ने बताउनुभयो । प्रदेश २ का जिल्लाबाट तस्करीको गुनासो बढेको भन्दै गृह सचिव न्यौपानेले त्यसलाई रोक्न सीमाक्षेत्रमा खटिएका प्रहरीलाई निगरानी गर्न आग्रह गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश २ का नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभाग, सिरहा, सप्तरी, धनुषा, उदयपुर र सिन्धुलीका सीडिओ, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरुलाई गृहसचिव न्यौपानेले यस्तो बताउनु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);