काठमाडौं, २२ कार्तिक । कोरोना महामारीले विश्व अझै आक्रान्त बनेको छ । यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन् । नेपालमा २०७६ चैत्र ११ मा लकडाउन गरेपछि देशभरिका सम्पूर्ण उद्योग व्यवसायहरु ठप्प भए ।
यतिखेर उद्योगहरु चलायमान भएका त छन् तर चल्न गाह्रो भइरहेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दा उद्योग व्यवसायबाट उत्पादित सामानले बजार नपाएपछि लघु, घरेलु तथा साना उद्योगको अवस्था दयनीय बनेको छ ।