एजेन्सी, २१ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटकमा मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै अक्षर पटेलले ४२, कप्तान श्रेयस एयरले १२, कागिसो राबडाले १५ रन जोडे भने पृथ्वी श, शिखर धवन, अजिन्का रहाने र डानिल सामले खातासम्म खोल्न सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए । यस्तै क्विन्टन डी ककले ४०, हार्दिक पाण्डयले ३७, कुर्नाल पाण्डयले १३ रन जोडे ।
दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिए । मार्कुस स्टोनिस र एनरिच नोर्टजेले १-१ विकेट लिए । जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ ।




