अमेरिकी सर्वोच्चको लागि प्रस्तावित न्यायाधीश ब्यारेटको संसदीय सुनुवाई सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अमेरिकी सर्वोच्चको लागि प्रस्तावित न्यायाधीश ब्यारेटको संसदीय सुनुवाई सुरु

एजेन्सी, २७ असोज । अमेरिकाको सर्वोच्च अदालतमा खाली रहेको न्यायाधीश पदका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटकोे संसदीय सुनुवाई सुरु भएको छ । विवादास्पद बन्दै आउनुभएकी न्यायाधीश ब्यारेटले सिनेट सुनुवाईको क्रममा निष्पक्ष रुपमा कानूनको सेवा गर्ने बताउँदै कुनै पनि मुद्दाको सुनुवाई निष्पक्ष रुपमा गर्ने उल्लेख गर्नुभएको छ ।

सिनेटमा सुनुवाईमा आफ्ना धारणा राख्ने क्रममा न्यायाधीश ब्यारेटले राष्ट्रपतिबाट सर्वोच्चका लागि प्रस्ताव हुनु आफ्ना लागि सम्मानको कुरा रहेको समेत बताउनुभएको छ । सिनेटमा सामान्य बहुत रहेका रिपब्लिकनले नोभेम्बर ३ मा हुने चुनाव पूर्व नै सुनुवाई प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेका छन् ।

चुनावको मुखैमा आएर खाली भएको न्यायाधीश पदका लागि ब्यारेटको मनोनयनले गम्भीर राजनीतिक संघर्ष सुरु गरेको विश्लेषण गरिदै आइएको छ । ट्रम्पले गत सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा विशेष कार्यक्रम गरेर एमी कोनी ब्यारेटको नाम न्यायाधीशका लागि प्रस्ताव गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);