काठमाडौं, २२ असोज । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ ।
यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।