संसद भवन निर्माणको कार्यप्रगति सन्तोषजनक : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

संसद भवन निर्माणको कार्यप्रगति सन्तोषजनक : अध्यक्ष तिमिल्सिना

Ganesh-Timalsina

काठमाडौं, २० असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभएको छ । सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिडले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

संसद भवन निर्माण कार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरी विकास निर्माण लगायत अन्य क्षेत्रमा गरेको असरको तुलनामा काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले समयभन्दा अगाडी नै निर्माण सम्पन्न गर्न तीन सिफ्टमा २४ घण्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आयोजना प्रमुख दिलिप भण्डारीले तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको आयोजनाको निर्माणमा कोभिडका कारण केही प्रभाव परेको बताउनुभयो । बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभएपनि तोकिएको समयभन्दा अगाडी नै निर्माणकार्य सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्य अनुसार काम हुन सकेको छैन । परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ ।

छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू अटाउने खालको एउटा हल समेत निर्माण गरिने छ । परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);