देश/समाज

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन चल्ने

काठमाडौं, ३० भदौ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

Related Post
Share

This website uses cookies.