आजबाट सवारी चालक अनुमतिपत्र वितरण बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आजबाट सवारी चालक अनुमतिपत्र वितरण बन्द

काठमाडौं, ८ असोज । दशैंका लागि ट्राफिक प्रहरी फिल्डमा खटिनुपर्ने भन्दै यातायात ब्यवस्था विभागले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण असोज २२ गतेसम्मका स्थगित गरेको छ। लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिए पनि आजसम्म विभागले सवारीको ट्रायल भने लिइरहेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ।

नवीकरण भने कार्यालय खुल्ने दिनसम्म नरोकिने यातायात व्यवस्था विभाग, सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले बताए। विभागले यसअघि असोज ३ देखि नै एकान्तकुनाबाहेकका यातायात कार्यालयबाट लाइसेन्सको आवेदन रोकेको थियो।