काठमाडौँ, ८ असोज । १३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा सम्पन्न स्थानीय निर्वाचनमा हालसम्म १२५ तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ।
सूरुवातमा सत्ता साँझेदार दल नेपाली कांग्रेसकै हाराहारीमा रहेको माओवादी केन्द्र फोरमको आक्रामक अग्रतासँगै तेस्रो दलमा पुग्यो। नेपाली कांग्रेसले अहिले ३६ तह जित्दा माओवादी अहिले जम्मा २१ तहमा विजयी भएको छ।
अहिले पछिल्लो मत परिणाम सार्बजनिक भएसँगै राजपा २३ स्थानमा विजयी भएको छ भने माओवादीकेन्द्र तेस्रो स्थानबाट पनि तल देखिएको छ। अहिले पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ३६ तहमा विजयी भएको छ भने संघीय समाजवादी फोरम २३, राजपा २३, माओवादी केन्द्र २१, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली नेपाली जनता दल २ र तथा नयाँ शक्तिले १ तह जितेको छ।
अब मतगणना जारी रहेका ११ स्थानीय तहमा सबैभन्दा बढि ४ तहमा फोरमले अग्रता लिईरहेको छ। यस्तो मत गणना जारी रहेका तह र अग्रता लिईरहेका दलको सूची
कसको कहाँ अग्रता ?
नेपाली कांग्रेस
बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु
सप्तरी:-कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव
नेकपा माओवादी केन्द्र
धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव
बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल
नेकपा एमाले
बारा :-कलैया उपमहानगरपालिका विनोद शाह
सप्तरी:-शम्भुनाथ नगरपालिका जितेन्द्र प्रसाद गुप्ता कलवार
संघीय समाजवादी फोरम
सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहट:-कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सा:-वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी