प्रदेश २ की पहिलो मेयर भन्छिन् - 'पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु' | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

काठमाडौँ, ६ असोज । प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन्।

माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन्। पार्टीमा कविता नामले चिनिने ३३ बर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताईन्। आजको कान्तिपुर दैनिकमा खबर छ।