सरकारले वीरगञ्‍जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २३ २०८१, शुक्रबार

सरकारले वीरगञ्‍जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

health ministry

काठमाडौं, १८ साउन । सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको प्रवक्ता डा. गौतमले बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

त्यस्तै मन्त्रालयले आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवा सहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रवक्ता डा. गौतमले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);