काठमाडौं, ७ साउन। अनियन्त्रित रुपमा हुने फडानी रोक्दै वन क्षेत्रलाई उत्पादनशील बनाएर समृद्धि हासिल गर्न सकिने विज्ञहरूले बताएका छन ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा विज्ञहरूले मुलुकको वन क्षेत्रलाई उत्पादनशील बनाएर समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।
डाक्टर कृष्णचन्द्र पौडेलले मुलुकको आधाभन्दा बढी क्षेत्र ओगटेको वनबाट १२ लाख मानिसलाई प्रत्यक्ष रोजगारी सिर्जना हुने र वार्षिक एक खर्ब राजस्व प्राप्त गर्न सकिने बताउनुभयो ।
अर्का विज्ञ सन्तोषमणि नेपालले पनि वनबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयाे। तर, वैज्ञानिक वनको नाममा जथाभावी रुख काट्ने र आर्थिक हिनामिना हुने समस्या रहेको उल्लेख गर्नुभयाे। नियामक निकाय र व्यापारिक संस्था फरक हुनुपर्ने उहाँको भनाई छ।
सांसदहरूले वनकोे व्यवस्थापनका क्रममा आएका समस्याहरू दीगो समाधान गरी अगाडि बढ्नुपर्ने बताएका छन् । वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरूको कार्यान्वयन गर्दै यसको व्यवस्थापन सुधार गर्नुपर्ने संसदहरूको जोड छ । (फाइल तस्बिर)