नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण

coronavirus test

काठमाडौं, ४ साउन । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);