औषधि उत्पादन संघ आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

औषधि उत्पादन संघ आन्दोलित

काठमाडौं, ३१ असार । नेपालमा उत्पादन हुने औषधिहरू विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ ।

असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ मङ्गलबारदेखि आन्दोलनमा उत्रेको हो ।

मङ्गलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिएको छ । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसको कार्यान्वयन गर्नुपर्र्ने संघका महासचिव विप्लव अधिकारीले बताउनुभयो ।

लकडाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरूले नदिएको उल्लेख गर्दै उहाँले अवस्था सहज भएपछि गुणस्तररहित र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गर्नुभयो ।

मास्क, पीपीई, कस्मेटिक,खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुन सक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);