सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, २८ असार । समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उहाँले आइतबार सर्वोच्चमा रिट दायर गर्नु भएको हो ।

गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाउनु भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उहाँले रिट दायर गर्नु भएको हो ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उहाँ असार २५ गते बिहीबार निष्कासित हुनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);