पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति

sahamati

काठमाडौं, २३ असार । सोमबार भएको छलफलपछि अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिर कुमार अधिकारीबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनसन दुबै युवाले आज अनसन तोड्ने डा. समिर कुमार अधिकारीले ई–माउण्टेन टिभी डटकमलाई जानकारी दिनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाहरूबीच भएको सहमति

१) विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टीनमा राखे पछि मात्रै परिक्षण गरेर निजहरुको ईच्छा अनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टाईन वा सार्वजनिक क्वारेन्टाईनमा बस्ने वा राख्ने व्यवस्था गर्ने । होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने ।

२) जोखिममा रहेकाहरुलाई (लक्षण भएका वा नभएका) राज्यको नीति अनुसार पीसीआर परिक्षणको व्यवस्था गर्न हालको निर्देशिकालाई यसै हप्ता भित्र परिमार्जन गर्ने । जोखिममा भएका व्यक्तिहरु भन्नाले

क. विदेशबाट नेपाल फर्किरहेका सबै व्यक्ति ।

ख. कोभिड १९ संक्रमण पुष्टी भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति ।

ग. जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी ।

घ.श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुँघ्ने शक्ति हराएको जस्ता कोभिड(१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति ।

ङ. पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्ति ।

३) कोभिड १९ को पहिचानका लागि आरडीटी प्रयोग स्थगित गर्ने ।

४) क्वारेन्टीन र होल्डींग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने ।

५) क्वारेन्टीनमा भएकाहरुलाइ अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनर्स्थापना गर्ने गराउने व्यवस्था कार्यविधिरनिर्देशिकामा यसै हप्ता भित्र समावेश गर्ने गराउने ।

६) सम्मानित सर्वोच्च अदालतको फैसलारआदेश बमोजिम परिक्षण तथा क्वारेन्टिन लगाएतका विषयमा हाल जारि निर्देशिका एवं प्रोटोकललाई परिमार्जन गर्ने ।

७) अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा तथा सुविधाको सन्दर्भमा कोरोना महामारीको व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीको हाल भएको व्यवस्थालाई प्रष्ट पार्दै अंगभंग, घाईते लगाएत हुनसक्ने जोखिमका बारेमा ठोस व्यवस्था गर्ने । स्वास्थ्यकर्मीहरुलाई लगाईने लांक्षणा र गरिने भेदभावलाई अन्त्य गर्ने ।

८) कोभिड १९ को आशंका भएका वा कोभिड १९ संक्रमित सबैको संविधान प्रदत्त अधिकारहरुको (मानवधिकार, हिंसा, दुर्व्यवहार वा द्वेषभावलगायत हरेक किसिमको विभेदबाट सुरक्षा, उपचार र सार्वजनिक सेवाहरूमा न्यायसंगत पहुँच, गोपनीयताको अधिकार, सुरक्षित आवासको अधिकार० कार्यान्वयनमा जोड दिने ।

९) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित नभएका मागहरुका सम्बन्धमा सम्बन्धित निकायहरुमा सम्बोधनका लागि लेखि पठाउने । कोभिड १९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकहरुका सन्दर्भमा श्रम मन्त्रालयलाई र अन्य बिषयमा गृह मन्त्रालयलाई एक हप्ता भित्र लेखि पठाउने ।

१०) बढ्दो गम्भीर प्रकृतिका बिरामीहरूको सङ्ख्यालाई ध्यानमा राखि गहन चिकित्सा कक्ष (आई.सी.यू) लगायत अस्पताल तथा स्वास्थ्योपचार क्षमतालाई आवाश्यकतानुसार नियमित पूनरावलोकन गर्दै दुरुस्त तयार अवस्थामा राख्ने ।

११) कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन तथा प्रचार प्रसार गर्ने गराउने काममा सबै पक्षले सहयोग गर्ने । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारलाई समुदाय र नागरिकले सहयोग र हातेमालो गर्ने ।

१२) सम्झौतामा दस्तखत गरेकै मितिबाट अनसन तोडेको सार्वजनिक गर्ने ।
अनशनरत सत्याग्रही युवाहरू
स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयको तर्फबाट
ईः पुकार बम
डा. रोशन पोखरेल
डा. समिरकुमार अधिकारी
मध्यस्तकर्ता :
बिन्ज्वाला श्रेष्ठ
डा. सन्तोष पौडेल

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);