समाचार | Page 5 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी हुनुभएको छ ।

निर्वाचन आयोगका अनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (एमाले) का गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । यहाँ कुल एक लाख ६२ हजार ४४४ मतदाता रहेका थिए ।

काठमाडाैं उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपा निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका १० ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्र रास्वपाले जितेको हो ।

तत्कालीन नेकपा (माओवादी) को लहर आउँदासमेत २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा १५ क्षेत्रमध्ये सात क्षेत्रमा मात्रै निर्वाचन जितेको निर्वाचन आयोगले जनाएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच तालमेल हुँदासमेत २०७४ सालको निर्वाचनमा काठमाडौँका १५ मध्ये १० क्षेत्रमा मात्रै निर्वाचन जितेका थिए । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दल २०७९ सालमा चुनावी तालमेल गर्दा कुल सात सिट मात्रै जितेको इतिहास छ । निर्वाचनको इतिहासमा पहिलो पटक उपत्यकाका सबै क्षेत्र रास्वपाका उम्मेदवारले जितेका छन् ।

काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले छ हजार ३६४ मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याएर तेस्रो पटक पराजित हुनुभएको हो ।

काठमाडौँ–२ बाट रास्वपाका सुनील केसीले २९ हजार १४२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कबिर शर्माले आठ हजार ८२४ ल्याउनुभयो । राप्रपाकी कुन्तीदेवी पोखरेलले दुई हजार १३५ मत ल्याउनुभएको छ ।

काठमाडौँ–३ बाट रास्वपाका राजु पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभयो भने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएर पराजित हुनुभयो । कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत ल्याउँदा एमालेका उम्मेदवार रामेश्वर फुयाँलले तीन हजार ८१६ मत ल्याउनुभयो । काठमाडौँ–४ बाट रास्वपाका पुकार बमले २९ हजार १४२ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका सचिन तिमिल्सेनाले आठ हजार ८२४ मत, एमालेका राजन भट्टराईले पाँच हजार ७३३ मत ल्याएर तेस्रो हुनुभयो ।

काठमाडौँ–५ बाट रास्वपाका सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्वमन्त्री प्रदीप पौडेलले नौ हजार १५९ मत, एमालेका ईश्वर पोखरेलले चार हजार ७०१ मत ल्याएर तेस्रो हु्नुभयो । यस्तै काठमाडौँ–६ बाट शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त ल्याई विजयी हुनुभयो भने कांग्रेसका कृष्ण बानियाँले छ हजार ६४७ मत र एमालेका अमन मास्केले चार हजार ३७३ मत ल्याउनुभयो । काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुलीले २७ हजार ८०५ मत प्राप्त गरेर निर्वाचित हुनुभयो भने निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरी गुरागाईंले तीन हजार ९८२ मत प्राप्त गर्नुभयो । नेकपाका वसन्तप्रसाद मानन्धरले तीन हजार ६६७, एमालेका प्रकाश श्रेष्ठले तीन हजार ५४४ मत ल्याउनुभयो ।

काठमाडौँ–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुनुभयो भने नेकपाका सुमन सायमीले तीन हजार २१७ मत, कांग्रेसकी सपना राजभण्डारीले दुई हजार ८३८ मत पाएर तेस्रो हुनुभयो । काठमाडौँ–९ बाट रास्वपाका डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसकी नानुमैया बाँस्तोलाले पाँच हजार ४६० मत, एमालेका अजयक्रान्ति शाक्यले चार हजार ५८० मत ल्याएर तेस्रो हुनुभयो । काठमाडौँ–१० बाट रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत, एमालेका विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याएर तेस्रो हुनुभयो ।

नेपाल मजदुर किसान पार्टीको पकट मानिने भक्तपुर १ र २ मा रास्वपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । २०४८ सालदेखि भक्तपुर–१ नेमकिपा, कांग्रेस र एमालेले जित्दै आएका थिए । यो निर्वाचनमा रास्वपाबाट भक्तपुर–१ बाट रुकेश रञ्जित र भक्तपुर–२ बाट राजीव खत्रीले निर्वाचन जित्नुभएको छ ।

रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत ल्याएर निर्वाचित हुनुभयो भने नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएर दोस्रो कांग्रेसका किरण न्यौपानेले चार हजार १८२ मत ल्याएर तेस्रो हुनुभयो । भक्तपुर–२ बाट रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत ल्याएर निर्वाचित हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत ल्याएर दोस्रो कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत ल्याएर तेस्रो भई पराजित हुनुभयो ।

ललितपुर–१ बाट रास्वपाकी बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत ल्याएर निर्वाचित हुनुभयो भने कांग्रेसका उदयशमशेर राणाले १३ हजार ५२० मत ल्याएर दोस्रो, एमालेका चेतनाथ सञ्जेलले छ हजार ५४६ मत ल्याएर तेस्रो हुनुभयो ।

ललितपुर–२ बाट रास्वपाका जगदीश खरेलले २२ हजार २३० मत ल्याएर विजयउन्मुख रहनुभएको छ । कांग्रेसका प्रेमकृष्ण महर्जनले दुई हजार ८७३ मत ल्याएर दोस्राे, एमालेका प्रेमबहादुर महर्जनले दुई हजार ४५१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । ललितपुर ३ बाट रास्वपाकी तोसिमा कार्कीले ४३ हजार ९६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले नौ हजार ४५ मत ल्याएर दोस्रो हुनुभएको छ भने नेकपाका राजकाजी महर्जनले छ हजार २२ मत ल्याएर तेस्रो हुनुभएको छ ।

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् ।

नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गर्नुभयो ।

सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित

काठमाडाैं । सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सिंहले ३५ हजार ६८८ मत ल्याए भने नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत पाए।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरे भने गगन थापाको पहिलो हार हो।

०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे ।

झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली पराजित

काठमाडौं, २३ फागुन ।

झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार बालेन शाहले ६८३४८  मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच ४९, ६१४ मतको फराकिलो अन्तर रहेको छ।यस वर्षको निर्वाचनमा झापा–५ सबैभन्दा धेरै चर्चामा रहेको निर्वाचन क्षेत्र बनेको थियो।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर चासो बढेको थियो।अन्ततः आएको मतपरिणामले बालेन शाहलाई स्पष्ट बहुमतका साथ विजयी बनाएको छ।

झापा-५ मा रास्वपाका बालेन शाह विजयी, एमाले अध्यक्ष केपी शर्मा ओली ४९ हजार मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

सर्लाही-४ मा रास्वपाका अमरेश अगाडि, ८ हजार मतले कांग्रेसका गगन थापा पछि

काठमाडाैं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ८ हजार मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहभन्दा करिब ८ हजार मतले पछि परेका हुन्।

पछिल्लो मत परिणाम अनुसार सिंहले १९ हजार २१९ मत ल्याउँदा सभापति थापा ११ हजार ११३ मतमा रोकिएका छन्।

यहाँ यी दुई बाहेक अन्य उम्मेदवार कमजोर देखिएका छन्। अहिले मतगणना जारी छ।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सीट जितेको छ। जुम्लाबाट राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीले राप्रपाको जितको खाता खोलेका हुन्।

शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाबाट नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याए।

तेस्रो स्थानमा रहेका कांग्रेसका दिप बहादुर शाही ७ हजार १४३, एमालेका उम्मेदवार शान्ति लाल महतले ४ हजार ५१८ मत पाउँदा रास्वपाकी विनीता कठायत ४२१ मतमै रोकिइन्।

यो निर्वाचनमा राप्रपा प्रत्यक्षतर्फ एक सीटमै खुम्चिने देखिएको छ। १६५ क्षेत्रमै उम्मेदवारी दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर छन्।

मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो ।

मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य शुरु गर्न ढिलाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले जानकारी दिनुभयो । उहाँकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिवार विहान मात्रै सकिएको हो ।

हाल सर्वदलीय बैठक बसेको र  अपरान्ह ४ बजेदेखि मतगणना सुचारु हुने जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिवार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । ती दुवै जिल्लामा अहिले मतगणना शुरु भइसकेको उहाँले बताउनु भयो ।

आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिनुभयो । शनिवारदेखि मतगणना शुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने उहाँको भनाई छ ।

प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।

कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरि मतपेटिकामा खसाले : निर्वाचन आयोग

काठमाडाैं । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तिब्रता दिएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म देशभरबाट समानुपातिकतर्फ करिव ३ लाख मतगणना सम्पन्न भइसकेको छ ।

अयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका क्रममा कति मत बदर भयो भन्ने विषय आम चासोको विषय भएको बताउनु भयो । अझै मत गणना गर्न बाँकी रहेकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन नसकिने स्पष्ट पार्नुभयो । जिसीले अहिले छिटपुट रूपमा बदर मतका विवरणहरू आइरहेको भएपनि एकमुष्ट तथ्याङ्क आउन बाँकी रहेको बताउनु भयो ।

आयोगका अनुसार कतिपय निर्वाचन क्षेत्रहरूमा मतदाताहरू भोट हाल्न नै नआएको र केही ठाउँमा निकै कम प्रतिशत मात्र मतदान भएको छ । यसका साथै, कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरिकन खाली नै मतपेटिकामा खसालेको पाइएको छ । कुनैपनि चिह्नमा सङ्केत नगरिएका र खाली राखिएका मतपत्रहरू स्वतः बदरभागी हुने र रद्ध हुने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

प्रत्यक्षतर्फको नतिजा आउने क्रमसँगै समानुपातिकको गणना पनि सँगसँगै अगाडि बढाइएकोले छिट्टै सम्पूर्ण नतिजा सार्वजनिक हुने आयोगको भनाइ छ ।

चितवन-३ मा ३८ हजार मतान्तरले रास्वपाकी साेबिता गाैतम विजयी, रेनु दाहाल पराजित

काठमाडौं । चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् । एक लाख ३ मत खसेको चितवन-३ मा गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् ।

नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।

गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका उम्मेदवार दिपक थापा मगरले १ हजार २ सय २६ मत मात्रै ल्याएका चितवन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन् ।

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो ।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गर्नुभयो ।

प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभई सहककर्ताको रुपमा जनताको सेवा गर्ने समेत बताउनुभयो ।

अनावश्यक टिकाटिप्पणी नगर्नू, अवाञ्छित क्रियाकलाप गरेकाे पाइए कारबाही हुन्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीपंक्तिलाई निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको छ। केन्द्रीय अनुशासन आयोग (कार्यवाहक प्रमुख) रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै अन्तिम परिणामको प्रतिक्षा गर्न आग्रह गरेको हो।

पार्टी दुई तिहाइ बहुमततर्फ अग्रसर भइरहँदा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको यस घडीमा पार्टीका विभिन्न पंक्तिहरुबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टिकाटिप्पणी गर्ने जस्ता गतिविधिहरू बढेको महसुस भएको हुँदा त्यस्ता अवाञ्छित कार्यहरू नगर्न नगराउन सम्पूर्ण पार्टीपंक्तिहरूमा आयोगले ध्यानाकर्षणसहित निर्देश गर्दछ। अवाञ्छित गतिविधि कसैले गरेको कहींकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा आवश्यक कारबाही हुनेतर्फ जनाएको छ।’

यस्तै, अगाडि भनिएको छ, ‘लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै सभ्य र अनुकरणीय राजनीति गर्नु हामी सबैको कर्तव्य हुन आउँछ । निर्वाचनको शान्तिपूर्ण सम्पन्न हुने अन्तिम घडीतर्फ अगाडि बढिरहेकोप्रति सम्पूर्ण सरोकारवालामा यस आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ। पार्टीको आधिकारिक निर्देशन बेगर कुनै पनि कार्य नगर्न नगराउन समेत पार्टीपंक्ति लगायत सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।’

 

मतगणना अपडेट : रास्वपाकाे ३२ स्थानमा जित, ८५ स्थानमा अग्रता

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हाल विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।

प्राप्त पछिल्लाे विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले ३२ स्थानमा जित हासिल गरेको छ भने ८५ स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कांग्रेस ले ५ स्थानमा जित हासिल गर्दै १० स्थानमा अग्रता लिएको छ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २ स्थानमा जित हात पारेको छ भने १० स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी ले पनि २ स्थानमा जित हासिल गर्दै १० स्थानमा अग्रता लिएको देखिएको छ।

काठमाडाैंका १० वटै क्षेत्रमा अत्यधिक मतले रास्वपा विजयी

काठमाडाैं । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजयी हुनुभएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित हुनुभएको छ । उहाँ ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याउनुभएको छ । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित हुनुभएको थियो ।

यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाकै पुकार बम निर्वाचित हुनुभएको छ । उहाँ २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याउनुभएको छ ।

यससँगै काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’ गरेको छ । यसअघि रास्वपाले काठमाडौं १ मा रन्जु न्यौपाने, ३ मा राजुनाथ पाण्डे, ५ मा सस्मित पोखरेल, ६ मा शिषिर खनाल, ७ मा गणेश पराजुली, ८ मा बिराजभक्त श्रेष्ठ, ९ मा डोलप्रसाद अर्याल र १० मा प्रताप विष्ट विजयी भइसक्नुभएकाे छ ।

त्यस्तै, काठमाडाैं उपत्यकामा रहेकाे भक्तपुर जिल्लाकाे एउटा निर्वाचन क्षेत्रमा रास्वपाकाे जित भइसकेकाे छ भने एउटामा अग्रस्थानमा छ ।  ललितपुरका सबै क्षेत्रमा  रास्वपानै अग्रस्थानमा छ ।

नेमकिपाकाे गढ भक्तपुर–१ मा रास्वपाको उदय, प्रेम सुवाल पराजित

काठमाडाैं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ ।

भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ ।