समाचार | Page 292 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

समाचार

कांग्रेस सांसद शर्माले संसदमा दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव

२०८१,१२,६

नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माले बुधवारको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।जरुरी सार्वजनिक महत्वको सूचना दर्ता गराउँदै सांसद डा। शर्माले स्वास्थ्य बीमाको क्षेत्रमा सबै नागरिकलाई समेट्न जरुरी रहेको बताएका छन। उनले कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले सामान्य प्रकृतिका रोगहरुको कारणले नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुुन ।

प्रस्तावको समर्थन गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य र शिक्षाको हक आम नागरिकले पाउन नसकेको बताएका छन। उनले स्वास्थ्य मन्त्रालयले सचिव र सम्बन्धित मन्त्रालयका निकायहरुमा बिना कमिसनको नियुक्ति नहुने जिकिर गरे। कसलाई कुन मन्त्रालयको सचिव बनाउने निर्णय सरकारले नभई बिचौलियाले गर्ने गरेको उनको आरोप छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले संविधानले प्रत्याभूत गरेका आधारभूत सुविधाहर जनतालाई नदिएसम्म जनता र राज्यबीचको सम्बन्ध राम्रो नहुने बताएका छन। उनले राज्य र जनताको सम्बन्ध जोड्नको लागि सरकार जिम्मेवार हुनुपर्ने बताए। सरकारले स्वास्थ्य र शिक्षामा पर्याप्त खर्च नगरी समृद्धिको कुरा गर्नु बेकार हुने उनको भनाइ छ।

उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि लगानी अभिवृद्धि गर्न जरुरी रहेको बताए। उनले जरुरी सार्वजनिक महत्वको सूचनालाई कार्यान्वयनमा लैजानसमेत आग्रह गरेका छन।

 

सशस्त्र प्रहरी विधेयकलाई समितिमा पठाइयो

२०८१,१२,६

‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ। बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत सर्वसहमतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो।

यो विधेयक गत माघ १५ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रश्तुत भएको थियो।

राजसंस्था फर्काउन खोज्नु दिवास्वप्न, सांसद ढुंगाना

२०८१,१२,६

नेपाली काँग्रेसका राष्ट्रियसभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा राजसंस्था फर्काउँछु भन्नु दिवास्वप्न भएको बताएका छन्। बुधवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरू इतिहासमा सीमित भएको बताए। उनले नेपालका राजाहरूले लोकतन्त्रको विरुद्धमा काम गरेको बताएका छन।

विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए। जनतासँग मिलेर बसेका राजसंस्था अहिले पनि विभिन्न देशमा जीवित रहेको उनको भनाइ छ।

राम नवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८१,१२,६

सरकारले रामनवमीका दिन चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसैगरी बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायाधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्ट, बैतडीलाई नियुक्त गरेको छ। यसैगरी नेपाल सरकारको नाममा दर्ता रहेको काभ्रेपलाञ्चोक जिल्ला साविक मेथिनकोट गा। वि। स। वडा नं। ६ को ६ रोपनी र साविक पोखरी नारायणस्थान गा। वि। स। वडा नं। ३ को ६ रोपनी जग्गा क्रमशः प्रहरी चौकी भकुण्डेबेसी र प्रहरी चौकी पोखरी नारायणस्थानको भवन निर्माण गर्नको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।

साथै यदुनाथ पौडेल, अर्घाखाँचीलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने भएको छ। यसैगरी पवित्रा सुवेदी, सुर्खेत र रामशरण सापकोटा, मकवानपुरलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्ति गर्ने सरकारले निर्णय गरेको छ।

सुनको भाउ हालसम्मकै उच्च,तोलामै एक लाख ७६ हजार पुग्यो

चैत ६ बुधबार ।
नेपाली बजारमा सुनको भाउले आज कीर्तिमान बनाएको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ हो ।

सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो ।

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति कांग्रेसका प्रमुख सचेतक घिमिरेले मागे संसद्‌मा माफी

चैत ६ बुधबार ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा घिमिरेले चैत ३ गते संसद्‌मा दिएको अभिव्यक्ति व्यक्तिगत धारणा भएको भन्दै माफी मागेका हुन् ।
“यही चैत ३ गते विशेष समयमा मैले सदनमा राखेको धारणा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो ।

यो धारणा नेपाली कांग्रेस पार्टीको र संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले सम्मानित सदनका सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु,” उनले भने । उनले गत आइतबार चैत ३ गतेको बैठकमा नेपालको पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति संसद्‌मा पनि विरोध भएको थियो । पार्टीमा पनि आलोचना भएपछि उनले माफी मागेका हुन् ।

आजदेखि शुक्र अस्त स् के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

२०८१,१२,६

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतवार दिउँसो १ बजेर १७ मिनेट पूर्वमा उदय हुने समितिले जनाएको छ । यो अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने समितिले जनाएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् ।

हिन्दुधर्म अनुसार हरेक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भनिन्छ ।

ज्योतिषीय मान्यताअनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म विभिन्न धार्मिक क्रियाकलाप गर्नु हुँदैन । धार्मिक मान्यताअनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कर्म हुन्छन् । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ पर्छन् । नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।

काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्य जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाहआदि अनुष्ठान र व्रतबन्ध–विवाहलगायतका संस्कार पर्छन् ।

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो,प्रतिव्यक्ति झन्डै ९१ हजार रुपैयाँ

२०८१,१२,६

नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो ।यो नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को ४६ दशमलव ९१ प्रतिशत हो । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणका आधारमा हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ बराबर पर्न आउँछ  ।

गएको असारमा प्रति नेपाली ऋण झण्डै ८३ हजार रुपैयाँ थियो । गएको असारसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।राष्ट्रिय जनगणना ०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड रुपैयाँ ९जीडीपीको २३ दशमलव ०६ प्रतिशत० र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ ९जीडीपीको २३ दशमलव ८५ प्रतिशत० रहेको छ ।पछिल्लो ८ महिना साउनदेखि फागुनसम्ममा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यस वर्ष सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

यसअनुसार फागुनसम्म ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण उठाएको छ । यो अवधिमा एक खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ ।

अहिलेसम्म विदेशी विनिमयदरमा भएको परिवर्तनका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण बढेको कार्यालयले जनाएको छ ।

दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

२०८१,१२,६

संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धि पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो सशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ। राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राय वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ। यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ।

अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय९ दोस्रो संशोधन० विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 

युक्रेनका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको वार्ता,युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

चैत ५ मंगलबार ।
परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रुपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

उनीहरुको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरुबारे पनि छलफल गरेको छु ।’सोही अवसरमा नेपाल र युक्रेनबीच कुटनीति, अफिसियल र सेवा राहदानी वाहकहरुका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।

 

 

२५ करोड रुपैयाँभन्दा धेरै रकमसहित काठमाण्डाैमा एक जना पक्राउ,विशेष सुराकीको आधारमा प्रहरीले लियो नियन्त्रणमा

चैत ५ मंगलबार ।
राजश्व छली गरी विभिन्न देशका मुद्राहरु अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना.७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित प्रहरीले करिव २५ करोड रुपैयाँ बराबरको विदेृशी मुद्रा बरामद गरेको हो ।

अमेरिकी डलर, युरो लगायतको मुद्राहरु रहेको प्रहरीले बताएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले गाडी विशेष सुराकीको आधारमा रसुवातर्फ जाँदै गरेका बेलामा नियन्त्रणमा लिइएको बताउनु भयो ।

पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला सिन्चधुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर १ का फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । खानतलासीका क्रममा ट्रकको ड्राइभर बस्ने कोठाको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाई छिपाई ल्याएको अमेरिकी डलर र युरो भेटिएको प्रहरीले बताएको छ ।

४३ वर्षका लामा पहिला पनि एक पटक पक्राउ परी जेल चलान भइसकेको व्यक्ति भएको बताउनु भयो । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।०००

२७ सयभन्दा तल झर्‍यो सेयर बजार

चैत ५ मंगलबार ।
शेयर बजार लगातार तेस्रो दिन घटेको छ ।मंगलबार सेयर बजार २७ सयमुनि झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७।६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो । यसअघि गएको फागुन ४ गते शेयर बजार २ हजार ६ सय ९८ विन्दुमा थियो ।

आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा सामुदायिक लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका ८२ लाख ३७ हजार कित्ता शेयर ४ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम २ महिनायताकै कम हो । यसअघि गएको पुस २८ गते ३ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

ज्ञानेन्द्रलक्षित प्रचण्डको टिप्पणी: भिलेन सक्रिय भएन भने हिरो पनि सफल नहुन सक्छ

चैत ५ मंगलबार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको भिलेन भनेका छन्। सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले भिलेन सक्रिय हुँदा हिरोलाई सम्पूर्ण तागत लगाएर परास्त गर्ने अवसर रहने बताएका छन ।

तत्कालीन राजा ज्ञानेन्द्र शाह सात राजनीतिक दल र नेताहरूलाई आत्मसमर्पण गरेर उनकै पछि लाग्छु भन्दा पनि लात्तीले नहानेको भए केही वर्ष टिक्न सक्ने उनको भनाइ छ। नेपाली जनता, राजनीतिक दल र नेताले उदारतापूर्वक चालेका कदमहरूमा संयमित रुपमा बस्नुको साटो दुस्साहस गर्न खोजेको भन्दै परिणाम गम्भीर हुनसक्ने चेतावनी पनि प्रचण्डले दिएका छन ।

प्रहरीमा सुधार ल्याउन साइत कुरेर बस्दिनँ, आफैबाट सुरू गर्छु: नवनियुक्त आईजी थापा

चैत ५ मंगलबार
नवनियुक्त प्रहरी महानिरीक्षक आईजी दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् ।प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुरू गर्ने बताए।

गृहमन्त्रालयमा आईजीको दर्ज्यानी चिह्नबाट सुभोशित भएपछि मन्तव्य दिंदै प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन, उनले भने, सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन। उनले यही विचार मनन् गर्दै आफ्ना सहकर्मी र मातहतलाई आग्रह समेत गरे।

प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’, थापाले भने ।

कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दुस्ख भोग्न नपरोस् भन्ने तर्फ हरदम सजग रहेन उनले बताएका छन् । पहुँचको हैन पद्धतिको थिती बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको भनाइ छ ।

नेपालको संविधानको मर्म अनरुप संघीय स्वरुपमार्फत कानून कार्यान्वय गर्न, विधिको शासन, मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबालका साथ कर्तव्य निष्ठ रहेको र रहिरने उनले बताए । यसलाई गतिशील बनाउनका लागि आफ्नो नेतृत्वदायी भूमिका रहने उनले बताएका छन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकाे एक लाख ७५ हजार रुपैयाँ नाघ्यो

चैत ५ मंगलबार ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो ।

हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको थियो ।

गाजा पट्टीमा इजरायलको ठूलो आक्रमण ,युद्धविराम संकटमा

चैत ५ मंगलबार ।
इजरायलको सेनाले गाजा पट्टीमा ठूलो हवाई आक्रमण गरेको छ । पछिल्लो आक्रमणबाट दुई सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।ज्यान गुमाउनेमा हमास लडाकू समूहका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बीबीसीले उल्लेख गरेको छ । कतिपय घाइते भएका छन् ।

उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि आक्रमणको क्रममा निसाना बनाइएको थियो ।गएको जनवरी १९ तारिखमा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो । गाजा युद्धविरामको थप विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले पछिल्लो पटक आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले आक्रमण गरिरहेको बताएको छ ।
हमासलाई दबाब दिन गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ ।