समाचार | Page 7 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडाैं । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ । ठमाडौँ– ६ का निर्वाचन अधिकृत चपला पोखरेलले रास्वपाका खनाल २७ हजार ७१९ मतसहित विजयी हुनुभएको जानकारी दिनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का अमनकुमार मास्केले चार हजार ३७३ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटुवालले एक हजार २१८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हेम लाल शर्माले एक हजार २६० मत प्राप्त गर्नुभएको छ । खनाल पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्छ ।

चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि

काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् । उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९, नेकपा एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।

मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी हुनुभएको हो।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गर्नुभएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाउनुभएको छ ।

सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका आज मतगणना स्थलमा ल्याइएपछि मतगणना थालिएको थियो । मनाङमा ५४ दशमलव ८० प्रतिशत मत खसेको थियो । यहाँ कुल सात हजार मतदातामध्ये दुई हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिनुभयो । मनाङ कुल मतदाता सात हजार छन् ।

काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडाैं । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।काठमाडौँ–८ का निर्वाचन अधिकृत सम्झना घिमिरेका अनुसार श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको हाे ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गर्नुभएको छ ।

विजयी श्रेष्ठ पूर्व मन्त्रीसमेत हुनुहुन्छ ।

मतगणना अपडेट : १३५ स्थानमा मतगणना जारी, ९६ स्थानमा रास्वपाकाे अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नौ स्थानमा अगाडि छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ । त्यस्तै, रूकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्यधिक मतले विजयी हुनुभएकाे छ, तर निर्वाचन कार्यालयले औपचारिक घाेषणा गर्न भने बाँकी छ ।

रूकुमपूर्वमा नेकपा अध्यक्ष प्रचण्ड अत्यधिक मतले विजयी

काठमाडाैं । रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्यधिक मतले विजयी भएका छन् ।

अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न ३ हजार ३६५ मत बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् ।

मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।

झापा–५ मा ५ हजार मतान्तरले बालेन्द्र शाह अगाडि

काठमाडाैं । झापा–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले अग्रता बढाउनुभएको छ ।

नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसको रुख चुनाव चिह्नमा मन्धरा चिमरियाले २१६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका रञ्जीत तामाङले १६५ मत पाउनुभएको छ ।

रूकुमपूर्वमा प्रचण्डकाे जित सुनिश्चित

काठमाडाैं । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ। प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि छन्।

उनको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएर दोस्रो स्थानमा छन्। उनीहरूबीचको मतान्तर ५ हजार ७२९ रहेको छ। अब त्यहाँ ३ हजार ३६५ मत मात्रै गन्न बाँकी छ।

हिजो भएको प्रतिनिधि सभाको चुनावमा १९ हजार १८८ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गनिसकिएको छ।

मतगणना अपडेट : ७० स्थानमा रास्वपा अगाडि, कांग्रेस-एमाले पछ्याउँदै

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी छ–छ स्थानमा अगाडि छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।

यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक र एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौँ क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ ।

सर्लाही-४ मा गगन थापालाई पछि पार्दै अमरेश यादवकाे अग्रता

काठमाडाैं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह अघि छन्। अहिलेसम्म भएको मतगणना अनुसार रास्वपाका सिंहले १२३९ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७६८ मत ल्याएका छन् भने एमालेका उम्मेदवार अमनिशकुमार यादवले १९९ र नेकपा उम्मेदवार रजनिश रायले १८ मत ल्याएका छन्।

विजयी भएपछि रञ्जु दर्शनाकाे प्रतिक्रिया : वैकल्पिक राजनीतिले जित्यो, रियल फाइट अब शुरु हुन्छ

काठमाडाैं । काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया दिनुभएको छ । शुक्रवार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले ३५–३६ वर्षदेखि बारम्बार मतदाताले नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिएको पनि बताउनुभयो । उहाँले आफूलाई बहुमतले निर्वाचित गराउने काठमाडौं–१ का मतदातालाई धन्यावाद समेत दिनुभयो । उहाँले आफूहरुको वास्तविक लडाइँ अब शुरु हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो । यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हाँसिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब शुरु हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो वैकल्पिक राजनीतिको जित हो । यो विवेकशील राजनीतिको पनि जित हो ।’

उहाँले विवेकशील राजनीतिको समेत जित भएको प्रतिक्रिया दिनुभयो ।

नागरिकका लागि सरकार छ भन्ने महशुस गराउँछौँ : उपसभापति अर्याल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिनुभएको छ । पार्टीकाे काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उहाँले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै जना मिलेर यो देशमा समृद्धि ल्याउनुपर्नेछ, सुशासन कायम गर्नुपर्नेछ । भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । जनतालाई डेलिभरी र डेभलपमेन्टको महशुस गराउनुपर्नेछ र जनतालाई मेरो लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आउँदै गरेको छ । साथ र सहयोगको लागि सबै मतदातामा धेरै धेरै धन्यावाद ।’

उहाँले देशभरका मतदातामा धन्यावाद समेत ज्ञापन गर्नुभयो ।

निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयो : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताउनुभएको छ । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उहाँले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताउनुभएको हो ।

गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गर्नुभयो ।

विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उहाँले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पार्नुभयो । सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको उहाँको भनाइ छ ।

 

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलाे मतले अग्रता

काठमाडाैं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार ज्ञानेन्द्र शाहीले २१ सय २ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ९७२ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन्।

चितवन–२ मा रास्वपाका रवि लामिछानेको फराकिलो अग्रता

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिनुभएको छ ।

पछिल्लो मत गणना अनुसार रविले १०८२२, नेपाली कांग्रेसकी मीना खरेलले ३२२७, एमालेका अस्मिन घिमिरेले २८४६ र नेकपाका प्रताव गुरुङले १८४४ मत प्राप्त गर्नुभएको छ ।

रास्वपाले अहिलेसम्म एक स्थानमा विजय हासिल गरेकाे छ भने ७६ स्थानमा अग्रता कायम गरेकाे छ ।

रूकुमपूर्वमा फराकिलाे मतान्तरले प्रचण्डकाे अग्रता

काठमाडाैं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ। ८८ स्थानमा अहिले मतगणना भइरहेको छ। दुई क्षेत्रको अन्तिम परिणाम प्राप्त भएको छ। रास्वपा र नेपाली कांग्रेसले एक-एक क्षेत्र जितेका छन्।

जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका ३ उम्मेदवारले अग्रता लिएका छन्। रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिइरहेका छन्। प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक हुन्।

प्रचण्डले ४ हजार ३ सय ९८ मत प्राप्त गर्दा कांग्रेसकी कुसुमदेवी थापाले १ हजार २ सय ६१ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका लिलामणी गौतमले ९ सय ७ र रास्वपाका लखनकुमार थापाले ३ सय ५४ मत प्राप्त गरेका छन्।