तेस्रो मुलुकबाट सामान आयात बन्द भएको छैन : उद्योगमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

तेस्रो मुलुकबाट सामान आयात बन्द भएको छैन : उद्योगमन्त्री

लेखराज भट्ट

काठमाडौं, २६ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताउनुभएको छ ।

कोरोना भाइरसका कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताउनुभएको हो । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामान आयात भइरहेको तर केही सतर्कता भने अपनाइएको उल्लेख गर्नुभयो ।

मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताउनुभयो । उहाँले कोरोनाका कारण संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने उल्लेख गर्नुभयो ।

मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);