उपसभामुखको हैसियतामा तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न पाउनुहुन्न : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

उपसभामुखको हैसियतामा तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न पाउनुहुन्न : देव गुरुङ

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बेल्दै नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गर्नभएको हो ।

उहाँले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताउनुभयो । उहाँले संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको समेत बताउनुभयो ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको समेत बताउनुभयो । उहाँले व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।