जंगली च्याउ बेचेर दसैंमा मासु | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

जंगली च्याउ बेचेर दसैंमा मासु

jangali chyau

काठमाडौं, १४ असोज । सहरबजारमा दसैंको चहलपहल बढिरहेका बेला जिल्लाका कतिपय गाउँका मानिस दसैं खर्च जुटाउन जंगलमा च्याउ टिप्न ब्यस्त छन्।

तर दसैंमा खाने च्याउ खोज्न भने उनीहरू जंगल पसेका हैनन्। च्याउ बेचेर मासु, अरु खाद्यान्न, लत्ता कपडा र दानदक्षिणामा थपथाप गर्न उनीहरू च्याउ टिप्न गएका हुन्।

उत्तरी भेगमा पर्ने सिउरुङ, ताघ्रिङ, घेर्मु, ढगैं, सिलढुंगा र उस्ता लगायतका गाउँका बासिन्दा असोज पहिलो साताबाटै लेक पसेका हुन्। यो जंगली च्याउ टिप्ने मुख्य सिजन पनि हो।

वर्षमा एक पटक मात्रै यस्तो मौका आउने भएकाले केटाकेटीदेखि बुढाबुढी सबै लेकतिर लागेका छन्। दसैं नजिकै आएपनि यतिबेला त्यस क्षेत्रका बासिन्दामा घरको काम भन्दा पनि जंगलमा च्याउ टिप्ने चटारो छ। ‘वर्षमा एक पटक मात्र आउने मौका किन गुमाउने’, सिउरुङका उमरजंग गुरुङले भने, ‘दसैं खर्च पनि हुने, स्वाद फेर्न पनि पाइने।’

घरबाट लगेको मकैभट्टको सातु, सिन्कीको अचार, आलु र चामल खाएर तीन–चार दिन सम्म लेकमा नै च्याउ संकलन गर्ने गरिन्छ। सक्नेहरू यो सिजनमा चार पटक सम्म लेक पुग्छन। एक पटकमा ३० देखी ४० किलो सम्म च्याउ संकलन गर्न सकिने घेर्मुका कामसार्की गुरुङ बताउँछन्।

जंगलबाट ल्याएको च्याउ पाथीको ९०० रुपैयाँमा विक्री हुने गरेको छ। सहरबजारबाट अत्याधिक माग आएकाले एक परिवारले १५ देखि २० हजार रुपियाँसम्म आम्दानी गर्न सक्ने गुरुङ बताउँछन्।  यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);