नेपाल–चीन संयुक्त सैन्य अभ्यास, चिनीयाँ सेना काठमाडौँमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यास, चिनीयाँ सेना काठमाडौँमा

china army in nepal

काठमाडौं, १३ भदौ । नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति  सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् ।

महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।

सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ । यो समाचार नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);