काठमाडौं, ९ असार । इन्काउन्टरको परिभाषा, दोहोरो भिडन्त वा मुठभेड भन्ने गरिन्छ । तर हाम्रो देशमा इन्काउन्टर कसरी, किन र कतिबेला हुन्छ भन्ने कुराको व्याख्या सर्बसाधारणले अहिले सम्म बुझ्न सकेका छैनन् । राजनितिक गतिविधिमा कसरी इन्काउन्टर हुन्छ, आपराधिक क्रियाकलापमा कसरी इन्काउन्टर हुन्छ र कसको निर्देशनमा हुन्छ भन्ने कुरा पनि चासो को विषय बनेको छ । कार्यक्रम खरो प्रश्न’मा कुरा गर्दै बोर्ण बहादुर कार्कीले कुनै व्यक्तिलाई प्रहरी वा सरकारले मार्नु पर्यो भने फेक इन्काउन्टरको घटना बनाएर मार्ने र दोहोरो भिडन्त भएको थियो भनेर प्रचार गर्ने चलन रहेको बताउनु भयो । उहाँले प्रहरीले चाह्यो भने कुनै व्यक्तिलाई फेक इन्काउन्टर गरेर मार्न सक्ने र सरकारले कसैलाई आफ्नो प्रतिद्वंदीलाई फेक इन्काउन्टर गरेर मारिदिने भन्ने डर र त्रास जना समुदायमा रहेको बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की संग गरेको कुराकानी हेर्नुहोस् :




