काठमाडौं, ९ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका छन् । सोमबार झापाको भद्रपुर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै देउवाले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास तथा बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र देखाएको बताए ।
यस्तै सभापति देउवाले कांग्रेस कमजोर नबनेको बताए । उनले प्रतिपक्षको रुपमा कांग्रेसको भूमिका कमजोर भएको भन्ने बारेमा प्रतिक्रिया दिँदै चुनावमा भोट अरुलाई दिने अहिले आएर कांग्रेस कमजोर भयो भन्ने भन्दै आक्रोस समेत ब्यक्त गरेका थिए ।