"दाल भात तरकारी" को पहिलो गीत 'भिजिट भिषामा' बोलको म्युजिक भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

“दाल भात तरकारी” को पहिलो गीत ‘भिजिट भिषामा’ बोलको म्युजिक भिडियो सार्वजनिक

niruta-aachal

काठमाडौं, ११ माघ । मंसिर १ गतेबाट छायांकनमा गएको चलचित्र “दाल भात तरकारी” को पहिलो गीत ‘भिजिट भिषामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘भिजिट भिषामा’ हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम पौडेल ईत्यादि कलाकारको नृत्य तथा अभिनय रहेको छ ।

निरुता र आँचल यस भिडियोमा एकदमै सुन्दर देखिएका छन् । यो सँगै चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, किरण केसी, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, शिवहरि पौडेल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसीको मुख्य भूमिका रहेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने निर्माणपक्षको छ । मह संचारको प्रस्तुतीमा किरण केसीको निर्माणमा तयार हुन लागेको चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायांकन छ । चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् ।

चलचित्रको प्रदर्शन मिति वि.सं. २०७६ साला वैशाखको १३ गतेलाई तोकिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार