स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो

money

काठमाडौँ, २२ पुस । स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता कार्यान्वयनसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको छ ।

काम सकेपछि मात्रै दाताहरूसँग भुक्तानी लिने गरी सम्झौता भएकोमा प्रगति विवरण नै नआएपछि दाताहरूले रकम उपलब्ध नगराउने चेतावनी दिएका छन् ।

केही दातृ निकायले गत डिसेम्बरमा दिइसक्नुपर्ने शोधभर्नाबापतको करिब ६ अर्ब रोकेको शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताए । स्थानीय तहबाट आर्थिक वर्ष ०७४ र ७५ र ०७५ र ७६ को प्रगति विवरण अहिलेसम्मको आएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);