उत्तरगयाधाममा दिबंगत पितृको श्राद्ध गर्नेको भीड | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

उत्तरगयाधाममा दिबंगत पितृको श्राद्ध गर्नेको भीड

शालिग्राम चालिसे
नुवाकोट, २१ पुस । नुवाकोट र रसुवाको संगमको रुपमा रहेको बेत्रावती नदी किनार अर्थात उत्तरगयाधाममा पौषे आैंशीमा लाग्ने मेलामा दिबंगत पित्तृको सम्झनामा श्राद्ध गर्नेको भिड लागेको छ । नुवाकोट सहित देशका विभिन्न स्थानबाट मानिसहरु अहिले श्राद्ध गर्न उत्तरगयाधाममा पुगेका छन् ।

उत्तरगयाधामलाई श्राद्ध गर्नका लागि पवित्र स्थान मानिन्छ । हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयामा पिण्ड दान गरे दिवंगत आत्माले मोक्ष पाउने जनविश्वास रहँदै आएको छ ।

त्रिशुली नदीको किनार समेत रहेको यो उत्तरगयाधाम हिन्दु बौद्धधर्मालम्बीहरुको समेत आस्थाको केन्द्र हो । सत्ययुगमा देवता र दानवले समुन्द्र मन्थन गर्दा महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशुलीको संगममा पौषकृष्ण औंसीका दिन सबै देव देवता र मृतआत्माको जमघट हुने विश्वासका साथ यहाँ श्राद्ध गर्ने परम्परा रहेको छ । उत्तरगयाधाममा नेपाल सहित भारतबाट पनि मानिसहरु वस रिजर्भ गरेर श्राद्ध गर्न आउने गर्छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);