असारे बजेटमा 'चीन घुम्ने' रहर ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

असारे बजेटमा ‘चीन घुम्ने’ रहर !

bidesh yatra

काठमाडौं, २४ असार । आर्थिक बर्ष सकिनै लाग्दा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका ५ पदाधिकारीसहित करिव एक दर्जन व्यक्तिको चीन भ्रमण प्रस्ताव वन मन्त्रालय पुगेको छ ।

बजेट सक्ने उदेश्यले समितिका अध्यक्ष वीरेन्द्र यादव, बोर्ड सदस्यहरु विदुर भारती, रामदयाल यादव, डा. मोतीलाल रिजाल र दीपा प्रधानसहित समितिका सदस्यसचिव हेमलाल अर्याल र उसचिव श्रीप्रसाद बरा तथा अर्थ र वन मन्त्रालयका प्रतिनिधिलगायतको प्रस्ताव स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको हो ।

सदस्यसचिव अर्यालले भने असार मसान्तभित्र समितिका धेरै काम गर्नुपर्ने भएकाले आफु सहभागी नहुने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);