उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

Kim-Jong-Un and Moon-jae

एजेन्सी, ३१ बैसाख । आणविक हतियारहरूको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्ट गर्ने उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ । आणविक परीक्षण गर्ने केन्द्र भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरूलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर कोरियाले दिएको थियो ।

शनिबार मात्र उत्तर कोरियाली केन्द्रीय सामाचार संस्था केसीएनएले उक्त जानकारी दिएको छ । यही मे २३ देखि यस्तो कार्यको शुरुआत गरिने जानकारी उक्त समाचार समितिले दिएको हो । आगामी जुन १२ मा सिंगापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपको शान्तिका विषयमा वार्ता हुँदै छ ।

विगत लामो समयदेखि उक्त प्रायद्वीपमा रहँदै आएकोे तनाव अन्त्य गर्ने उद्देश्यका साथ हुने उक्त शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले केही सकारात्मक कदम चालेको छ । उक्त कदममध्येको आणविक परीक्षण गर्ने स्थल भत्काउने पनि एउटा सकारात्मक कार्य हो । उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया अघि बढाएको यसअघि नै जानकारी दिएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसका एक प्रवक्ताले उत्तर कोरियाको उक्त कदमको स्वागत गरेको जानकारी दिएका छन् । उनले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा आणविक विषय नै उत्तर कोरियासँगको प्रमुख विषय धभएको चर्चा गर्दै यस विषयमा आएका सकारात्मक क्रियाकलापले आगामी दिनका लागि पनि मार्गप्रशस्त गर्ने बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);