काठमाडौँ ।
आज तेस्रो दिन पनि नेकपा एमाले केन्द्रिय कमिटी बैठक जारी छ । ललितपुरस्थित एक होटलमा बैठक बसिरहेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको प्रतिवेदनउपर छलफल भइरहेको छ । हरेक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि ३ मिनेटको समय दिइएको छ । उनीहरुले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।





