प्रतिनिधि सभामा तीन वटा विधेयक पेश | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

प्रतिनिधि सभामा तीन वटा विधेयक पेश

प्रतिनिधि सभामा तीन वटा विधेयक पेश भएका छन् ।
सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रश्तुत गर्नुभएको हो । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्नुयो । त्यसैगरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रश्तुत गर्नुभयो ।

Leave a Reply