देशभर बदली र वर्षाको सम्भावनाः सुदूरपश्चिम र कोशीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

देशभर बदली र वर्षाको सम्भावनाः सुदूरपश्चिम र कोशीका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने

काठमाडौं ।

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ । तराईतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । मधेस प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने विभागले जनाएको छ । विशेषगरी कोशी प्रदेशको पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी र कर्णालीका पहाडी भू–भाग एवं वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा र हिमपातको आकलन गरिएको छ । कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षाको सम्भावना छ । रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply