प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न दिँदैनौः काँग्रेस

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ भनि दिएको अभिव्यक्ति फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले यस्तो चेतावनी दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री राष्ट्रियतासँग सम्बन्धित यस्तो संवेदनशील विषयमा गम्भिर खालको अभिव्यक्ति दिएकाले त्यसबारे माफी नमागी संसद बैठक अघि बढाउन नसकिने स्पष्ट पार्नुभयो । उपनेता शाहले प्रधानमन्त्री साहमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिने कुरा सैह्य नहुने पनि बताउनु भयो ।उपनेता साहले काँग्रेसले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिप्रति कडा शैलीमा प्रतिवाद गर्ने पनि बताउनु भयो ।

Leave a Reply