काठमाडौँ ।
सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकि कामलाई यथाशिघ्र छिटो सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा समावेश गरिएको हो । त्यसैगरी सरकारले राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गर्ने योजना पनि बनाएको उहाँले बताउनु भयो ।सरकारले नेपाली सेनाको जवानहरुको आवास स्तरोन्नतिका लागि २ अर्व बजेटको पनि व्यवस्था गरेको छ ।




