विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउँछौँः मन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउँछौँः मन्त्री श्रेष्ठ

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूवानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिस्कृत गर्न सरकार लागिपरेको बताउनुभएको छ । शुक्रवार ललितपुरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरुको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताउनु भयो ।

उहाँले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थानविशेष पूर्वानुमान प्रणाली सञ्चालन गर्न लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पु¥याउनको लागि वित्तीय परिचालन गरिने बताउनु भयो । उहाँले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापनमा मात्रै सिमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रसँग समेत जोड्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा देखिएको फेरबदलको वैज्ञानिक अध्ययन आवश्यक रहेको पनि उहाँको भनाइ छ । उहाँले जलवायु परिवर्तनको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि आन्तरिक स्रोत र अनुसन्धान क्षमतालाई पनि बलियो बनाउनुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply

ताजा समाचार