अफगानिस्तानबाट एक वर्षमा १८ मिलियन डलरकाे गलैँचा निर्यात, ५० हजार नागरिकलाई राेजगारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

अफगानिस्तानबाट एक वर्षमा १८ मिलियन डलरकाे गलैँचा निर्यात, ५० हजार नागरिकलाई राेजगारी

एजेन्सी । अफगानिस्तानले गत वर्ष ३७ देशहरूमा १८ मिलियन अमेरिकी डलर बराबरको गलैँचा र कार्पेट निर्यात गरेको छ । कार्पेट युनियनका प्रमुख अब्दुल्ला रहमान कुलका अनुसार गत वर्ष करिब ६ हजार वर्ग मिटर गलैँचा र ४ हजार वर्ग मिटर कार्पेट निर्यात गरिएको थियो ।

निर्यातको ठूलो हिस्सा संयुक्त राज्य अमेरिका, टर्किए र युरोपेली बजारहरूमा पठाइएको थियो । अहिले देश भित्रै कार्पेट प्रशोधन भइरहेको छ । जसले करिव ५० हजार मानिसहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।

गलैँचा उद्योग अफगानिस्तानको कृषि पछि दोस्रो ठूलो क्षेत्र हो, जसले १.२ मिलियन मानिसहरूलाई, विशेष गरी महिलाहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दछ ।

Leave a Reply