सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

एजेन्सी । सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गर्नुभएको छ । यो आदेशले सरकारी मन्त्रालय, सार्वजनिक संस्थान, राज्यको स्वामित्वमा रहेका उद्यम र प्रशासनिक विभागका साथै राज्यको ५० प्रतिशतभन्दा कम नहुने हिस्सा भएका संयुक्त उपक्रमका कर्मचारीहरूलाई समेट्छ ।

आदेशअनुसार यो समायोजन जारी भएको समयमा लागू रहेको निश्चित तलबमा आधारित हुनेछ र यसमा विद्यमान कानुन अन्तर्गतका बढुवासम्बन्धी भत्ताहरू समावेश हुनेछन् । यो आदेश निश्चित सर्तहरू अन्तर्गत अस्थायी, ज्यालादारी र करारमा काम गर्ने कर्मचारीहरू, साथै आंशिक समय काम गर्ने र उत्पादनको आधारमा भुक्तानी पाउनेहरूका लागि पनि लागू हुनेछ ।

यसैबीच, यो आदेशले यसअघि नसमेटिएका क्षेत्रहरूका लागि मे १ देखि लागू हुनेगरी सामान्य न्यूनतम पारिश्रमिक प्रतिमहिना १२ हजार ५ सय ६० सिरियाली पाउण्ड (करिव १.१ अमेरिकी डलर) तोकेको छ ।

Leave a Reply