युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य हासिल गर्न सुशासन, विकास र समृद्धिका लागि २५ स्तम्भहरू नीतिगत प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभएको हो ।

पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको चर्चालाई भ्रमको संज्ञा दिँदै अध्यक्ष ओलीले यो देश पुस्ताहरू बीचको द्वन्द्वले नबनेको बताउनुभयो । युवा भनेको आगो भएको उल्लेख गर्नुहुँदै अनुभव भनेको उज्यालो भएको बताउनुभयो । आगोलाई दिशा चाहिने र उज्यालोलाई ऊर्जा चाहिने भन्दै उहाँले दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले यो निर्वाचनलाई केवल पुस्तान्तरको विषय नभई ‘देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह’ भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सबै नेपाली जनतालाई ‘देश पहिला’ भन्ने भावनाका साथ मतदान गर्न अपील समेत गर्नुभयो ।

Leave a Reply