सामाजिक सुरक्षाकाे प्रत्याभुति नहुँदा समाजमा असन्ताेष बढ्याे : महासचिव पाेखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सामाजिक सुरक्षाकाे प्रत्याभुति नहुँदा समाजमा असन्ताेष बढ्याे : महासचिव पाेखरेल

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम रहेको बताउनुभएको छ । ८औँ सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताउनुभयो । त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने बताउनु भयो । एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमशः सूचना र प्रविधिको तिब्रताका कारण विघटनतर्फ गइरहेको बताउनुभयो ।

उहाँले भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्नसके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उल्लेख गर्नुभयो ।

महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । श्रमीक पञ्जीकरण उपलब्धीमुलक काम भएको पनि बताउनुभयो ।

Leave a Reply