प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौ ।
वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिवसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् ।
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न सुरक्षा निकायका प्रमुखसहितको उच्चस्तरीय बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक करिब दुई घण्टा चलेको थियो।

प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुख बैठकमा सहभागी थिए । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आआफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

 

Leave a Reply